कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै एमालेसँग सहकार्य गर्न लागे : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा .शेखर कोइरालाले टीआरसी विधेयक र केही काण्डबाट बच्न सत्ता गठबन्धन दलहरूले एमालेको साथ खोजेको आरोप लगाएका छन । कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको आरोप छ ।

उनले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताए ।

उनले आज बिहान समाजिक संजालमा लेखोका छन ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । ’

उनले प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारसँग भाग खोजेकोमा एमालेको समेत आलोचना गरेका छन् ।

बिहिबार, १९ पुष, २०८०, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर