लोड हुँदैछ...

मेनु

रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु

रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु

विराटनगर । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा(१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार(५ स्याङ्जाका पितम कार्की, मेलुङ –६ दोलखाका राजकुमार रोका, इलाम(५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।