काठमाडौं । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेसँगै महाशाखाले चिसोबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भ–(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।