काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको बताएका छन ।
विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सीप लिएर आएकाले उनीहरुलाई आधुनिक कृषिकर्ममा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।विराटनगरमा मोरङ व्यापार संघ एक्स्पोको समापन गर्दै मन्त्री डा.महतले अर्थतन्त्रका सूचक सकारात्मक भएको अवस्थामा उद्योगी व्यवसायी, नागरिक समाज र सञ्चारकर्मी सबैले सकारात्मक बहसको थालनी गर्नु पर्ने समेत बताए ।
उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् । उनले नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न समेत आह्वान गरेका छन् ।
उनले विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सीप लिएर आएको भन्दै उनीहरुलाई आधुनिक कृषिकर्ममा प्रोत्साहन गर्नुपर्ने बताए । सरकारको नीति समेत उनीलाई प्रोत्साहन गर्ने नै रहेको भन्दै उनले उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको बताए ।
कृषि क्षेत्र आधुनिकीकरण गराउनु पर्ने आवश्यकता रहेको भन्दै उनले उद्योग व्यवसायीलाई समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न आग्रह गरे ।
मन्त्री महतले सेयर कारोबार बढ्दै गरेका, जग्गा कारोबारले गति लिएको, बैंकहरुले ब्याजदर घटाइरहेको भन्दै पर्यटक आगमनबाट समेत उत्साह फर्किएको बताए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।