विराटनगर । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।
ड्यूटि सकेर सुत्न पुगेका उन ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकालि सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला परेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’ ४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।