विराटनगर । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक –आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाउने गर्छन ।
इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएको बताइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।