विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि। मोरङ ९एसबीएससी० को अध्यक्षमा नगेन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन् ।
विराटनगरमा आइतबार साँझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले ४६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी राईले १२ मत मात्र ल्याए । सचिवमा गोपाल रिजालले ३० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी दीपक प्रसाद घिमिरे २८ मत पाए । सहकारीको अध्यक्ष र सचिव पदमा निर्वाचित भएको थियो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा निर्वाचित भएका ढकाल मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको मोरङ पब्लिक स्कुलका प्रिन्सिपल पनि हुन् ।
उपाध्यक्ष नन्दलाल मण्डल, सहसचिवमा दीपेन्द्र राई, कोषाध्यक्षमा हिराबहादुर मगर, सह कोषाध्यक्ष नेत्रप्रसाद गडतौला रहेका छन् । सदस्यहरूमा देवीलाल महतो, अर्जुन श्रेष्ठ, दिनेश ढुङ्गाना, केदार पौडेल, महेन्द्र मण्डल रहेका छन् ।
सहकारीको ९२ जना सेयर सदस्य मध्ये ६० मत खसेको थियो । एक मत बदर भएको थियो । एसबीएससी मोरङ जिल्लाभरिको रहेको संस्थागत विद्यालय आबद्ध भएको सहकारी हो । २०६७ मंसिर १५ गते सहकारी स्थापना भएको हो । सहकारीको बचत निक्षेप ३४ लाख ७५ हजार ९६, कोष हिसाब १ लाख ८२ हजार २४४, ऋण लगानी ३२ लाख ७ हजार ८११ रहेको छ ।
सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार, चित्रकला प्रतियोगितालगायतका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको छ । सहकारीले एसबीएससी सिंगीन स्टार हरेक वर्ष आयोजना गरिएको प्रतिष्ठित प्रतियोगिता हो ।

