काठमाडौँ । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सफल भएको थियो ।
कोशीका लागि अप्सरी बेगमले ३१ रन तथा कप्तान रुविना क्षेत्रीले २२ रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदा इन्दु वर्माले सर्वाधिक ५६ रन तथा कप्तान सीता राना मगरले ४५ रनको योगदान गरे ।
कोशीले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।