सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउने

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबारै निर्देशन दिएका छन् । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्ने छ ।  पूर्व न्यायाधीशको नेतृत्वमा बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको भौतिक मन्त्री प्रकाश ज्वालाले बताए ।

यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो  ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।

आइतबार, १५ पुष, २०८०, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर