लोड हुँदैछ...

मेनु

तमु ल्होसार पर्व आज गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर मनाउँदै

तमु ल्होसार पर्व आज गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर मनाउँदै

विराटनगर ।  तमु ल्होसार पर्व आज गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन्। हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन्। तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागतको रुपमा पनि तमु ल्होसार मनाउने चलन छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु संस्कृतिविदहरुको भनाई छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।