मिक्लाजुङमा प्रधानमन्त्री प्रचण्डले के भने ? (भिडियोसहित)

विराटनगर । प्रधानमन्त्रीको हैसियतले तपाईहरुको समस्याको बारेमा सम्बोधन गर्दा मलाई विशेष खुशीको महशुस भएको छ । हिजो युद्धकालमा यो स्थान मोरङ जिल्लाको आधार इलाका जस्तो थियो । यहाँको जनताको साथ सहयोग त्याग तपस्या निकै ठूला थियो ।

त्यसैकारण म शान्ति प्रकृया प्रवेश गर्दैगर्दा पूर्वको एउटा महत्वपूर्ण ठूलो र ऐतिहासिक प्रशिक्षण यसै पालिका अर्न्तगत राखिएको थियो । म यो कुरालाई स्मरण गर्दा मलाई हर्षको पनि गर्वको पनि महसुस भएको छ । म एक चोटी फेरी यहाँका सम्पूर्ण पार्टीका साथीहरु र तपाई सम्पूर्ण आदरणीय जनसमुदायलाई पार्टीको तर्फबाट मेरो तर्फबाट अभिवादन टक्र्याराउन चाहन्छु । १ वर्ष पुरा हुदैछ तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको यो बीचमा मैले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा र समृद्धिको पक्षमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु ।

त्यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु । त्यो सम्बोधनमा ती सबै कुरा उल्लेख हुनेछन् भने अर्को वर्ष मैले नयाँ ढंगले काम सुरु गर्ने तपाईहरुलाई थाहा छ मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु । १० गते मेरो १ वर्ष पुरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु । मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनिहरुका कामहरु कसरी भएका छन् । अब ठिक ढंगले काम भएन । आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरुपनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिवद्धता व्यक्त गरेको छु ।

यस क्षेत्रमा पहिचानको विषय प्रदेश नामाकरणको विषयमा यहाँका जनताहरुको यहाँका युवाहरुको चिन्ता चिन्तन मलाई राम्रोसँग थाहा छ । हिजो जनयुद्धकालमा सबै उत्पीडित वर्ग जाति क्षेत्र लिंग समुदायको पहिचान र अधिकारको लडाई लड्नु पर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र यहाँको जनताको चासोलाई यो नामाकरणको विषयलाई पनि सबै राजनीति दलहरुसँग पनि र यहाँ आन्दोलनरत सबै संस्थाहरु नेताहरुसँगपनि संवाद गरेर सकारात्मक ढंगले यसलाई सामाधान गर्न मेरो पहल रहने विश्वास दिलाउँछु ।

https://fb.watch/p5gkhOqt2v/

(जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभा । २०८० पुस ०६ गते । मिक्लाजुङ, मोरङ)

शुक्रबार, ०६ पुष, २०८०, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर