विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । यद्यपि अर्थतन्त्र दबाबमुक्त भने नभएको बताए ।
विराटनगरमा आजदेखि आयोजित मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले महँगी कम रहेको, निर्माण व्यवसायीको भुक्तानी गर्ने प्रक्रिया अगाडि बढेको र नयाँ आयोजना अगाडि बढ्दै गएको बताए ।
बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको पनि उनले बताए । तर, रेमिट्यान्सको भरमा मुदुक चल्नु राम्रो नभएपनि वर्तमान अवस्थामा अति महत्त्वपूर्ण रहेको उनले बताए । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाईएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए। पर्यटन क्षेत्रमा पनि सुधार आएको उनले बताए ।
तर, आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौति सरकारसामू रहेको बताउँदै प्रचण्डले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भईरहेको प्रति सचेत हुनुपर्ने बताए । उनले अब नेपाल उज्यालोतिर पनि गईरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्ने बताए । उनले विराटनगर कटहरी कार्गो रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामि बजेट नीति तथा कार्यक्रममा समेट्ने बताए ।
उनले गिरिजाप्रसाद कोईरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने उनले बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यको लागि सक्दो सहयोग गर्ने उनले बताए ।
कांग्रेस नेता डा।शेखर कोईरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेदे पनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए ।
उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायिले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए ।
कोईरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले विराटनगरलाई माया गरेजस्तै गरे पुग्ने उनको भनाइ छ ।
अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५र६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नु पर्ने प्रधानमन्त्रीलाई सुझाव दिए ।
महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोईरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा ओैध्दोगिक प्रदर्शनीस्थल बनाउनुआवश्यक भएको बताए ।
उनले विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तरास्ट्रिय विमानस्थत बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरे ।