लोड हुँदैछ...

मेनु

टुंगियो नेपाली क्रिकेट टोलीको एसिया कप यात्रा

टुंगियो नेपाली क्रिकेट टोलीको एसिया कप यात्रा

काठमाडौं । एसीसी यू –१९ एसिया कप क्रिकेट मा नेपाल जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यूएईमा भएको खेलमा नेपाल भारतसँग नेपालले फराकिलो हार व्यहोरेसगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतसँग नेपाल १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ।

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभर १ बलमा विकेट नगुमाई पूरा गर्‍यो ।सहजै विजयी लक्ष्य पूरा गर्ने क्रममा आर्शिन कुल्कर्नीले ४३ र आदर्श सिंहले १३ रन जोडे ।

यसअघि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नसकेपछि नेपाल २२ ओभर १ बलमा ५२ जोड्दा अलआउट भएको थियो ।भारतका लागि राज लिम्बानीले ९ ओभर १ बलमा ३ मेडन राख्दै ७ विकेट लिए ।

यससँगै भारत प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।नेपालले यसअघि पाकिस्तान र अफगानिस्तानविरुद्ध पनि पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।