काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको छ ।
ब्राजिलको माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरेका थिए । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे ।
दोस्रो हाफमा घरेलु टोली ब्राजिलले गोलका धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । केही राम्रो प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए । एन्जल डि मारियालाई स्थान दिँदै मेसी ७८औं मिनेटमा मैदान छाडेका थिए ।
खेलका ८१ औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो । लको ८१औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित भयो । ब्राजिलका जोइलिन्टनले सिधै रातो कार्ड पाएका थिए । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पाउललाई हातले हानेपछि न्युक्यासल युनाइटेडबाट ब्यवसायिक खेल खेलिरहेका २७ वर्षीय खेलाडीलाई सिधै रातो कार्ड दिइएको थियो ।
दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ ।
छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३–० ले तथा कोलम्बियाले पाराग्वे र इक्वेडरले चिलीलाई समान १–० ले हराएको छ । जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ । इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
आजको खेल सुरु हुनुअघि दुबै टोलीका समर्थकबीच हानाहान हुँदा खेल आधा घण्टा ढिला सुरू भएको थियो । भ्रमणकारी टोलीका समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिना खेलाडीले मैदान छाडेका थिए । दुई पक्षको झडप साम्यपार्न पुलिसले लाठी चार्ज गर्नुपरेको थियो ।
फिफा विश्वकप २०२६ अन्तर्गत खेलबाट ६ टिम सिधै विश्वकपमा पुग्नेछन् ।