आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोट

नेपाल र सिंगापुरबीचको खेल आज बिहान ९ बजेदेखी

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत सोमबार पहिलो दिन कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समयानुसार बिहान ९ बजे शुरू हुनेछ ।

आज नै चारवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयानुसार, दिउँसो १स्१५ बजे शुरू हुनेछ ।
सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबीच चौथो खेल खेलाइने छ ।

आजदेखि शुरू हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।

सोमबार, १३ कार्तिक, २०८०, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर