टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी –२० आई सिरिज खेलेका थिएनन् ।

यस्तै विनोद भण्डारीलाई पनि टिममा समावेश गरिएको छ ।

आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गतेसम्म मुलपानी र टियू क्रिकेट मैदानमा हुँदैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन ।

शनिबार, ११ कार्तिक, २०८०, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर