युएईलाई हराउँदै नेपालले जित्यो यु-१९ कपको उपाधि

काठमाडाैं । नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भयो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।

यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । खनालको प्रतियोगितामा यो दोस्रो शतक हो । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो ।

मङ्गलबार, ०७ कार्तिक, २०८०, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर