पारा एसियन गेम्समा आज तेक्वान्दोकी पलेसा गोलद्र्धनले नेपालको चुनौती पेश गर्दै

काठमाडौं । चीनको हाङजाओमा जारी चौथो पारा एसियन गेम्समा मंगलबार तेक्वान्दोकी पलेसा गोलद्र्धनले नेपालको चुनौती पेश गर्दैछिन्।

पलेसाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनिको तौल समूहमा आफ्नो चुनौती दिनेछिन्।

टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेसाबाट एसियाडमा स्वर्ण पदकको आशा गरिएको छ।

पहिलो क्वार्टरफाइनल खेलमा पलेशाले चीनकी लिटिङ याङसँग प्रतिस्पर्धा गर्नेछिन्।

बाँकी ३ स्पर्धामा भने सोझै वाइ पाएर क्वाटरफाइनल पुगिसकेकी छिन्।

क्वार्टरफाइनलमा जित हात पारे पलेसाले सेमिफाइनलमा काजकिस्तानकी कामिल्या दास्मोलोभासँग भेट हुने मुख्य प्रशिक्षक कविराज नेगी लामाले बताए।

सेमिफाइनल चरण पार गरे पलेसाले चीनकी युजी लि र इरानकी रोजा इब्राहिमीबीचको विजेतासँग फाइनल खेल्नेछिन्।

केहि महिना यता अध्ययनका लागि चीनको सांघाइमा रहेकी पलेसा उतैबाट हाङजाओ पुगेकी थिइन्।

आजै हुने टेबलटेनिस खेलमा नेपालका २ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन्। पुरुष सिंगल्समा विवेक राई तथा महिला सिंंगल्समा लाली तामाङले खेल्नेछन्।

मङ्गलबार, ०७ कार्तिक, २०८०, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर