कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु

विराटनगर । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।

मुख्यमन्त्री कार्कीलाई एमाले, काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ ।

कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् । उनी गत शनिबार नियुक्त भएका हुन् । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिने भएको जनाएका छन् ।

बुधबार, ०१ कार्तिक, २०८०, दिउँसोको ०३:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर