लोड हुँदैछ...

मेनु

म्यूजिकल चेयरको खेल अन्त्य भएको छ: काँग्रेस

म्यूजिकल चेयरको खेल अन्त्य भएको छ: काँग्रेस

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री निर्माणको म्यूजिकल खेल अन्त्य भएको बताएको छ ।

प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धब थापाले यस्तो बताएका हुन् । उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्यूजिकल चेयरको खेल अन्त्य भएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए ।

गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेद्वारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए । गठबन्धनका तीन जना शीर्ष नेताको हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।

‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हामीले बजेटलाई अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौं । यसलाई कसैले हारजीतको रुपमा नलिऔं,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिको माध्यामबाट यसलाई पनि टुंग्याउँ ।’
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ती जनाउनु आवश्यक नभएको बताए । ‘सडकमा आन्दोलन भइरहेको छ । के हो भनेर सरकारले सुन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने, ‘अब मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।