नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा खड्का निर्वाचित

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् । १० मत अझै गणना गर्न बाँकी छ। औपचारिक घोषणा हुन बाँकी छ।

पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् ।

शनिबार, ०६ असोज, २०८०, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर