फिफा वरीयता : विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमा, नेपाल १७५ मै सीमित

काठमाडौँ । विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमा रहन सफल भएको छ ।

सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत् रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

नयाँ वरीयता अनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्। वरीयता अनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन् ।

नयाँ वरीयताअनुसार नेपालले १७५ औँ स्थान यथावत् छ । यसअघि पनि नेपाल १७५ औँ स्थानमै थियो । वरीयता अनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ । भारत भने १०२औँ स्थान सहित पहिलो छ ।

१५५ औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो छ ।दक्षिण एसियामा नेपालपछि भुटान १८४ औँ मा छ । उता बंगलादेश १८९ औँ स्थानमा छ । पाकिस्तान १९७ औँ स्थानमा रहँदा श्रीलंका २०२ औँ मा छ।

बिहिबार, ०४ असोज, २०८०, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर