शिक्षकहरुको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

विराटनगर । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेपछि आज देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् ।

राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा उत्रेका हुन् । विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरू आन्दोलनका लागि संघीय राजधानी काठमाडौं आएका छन्।

बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

विधेयकले स्थायी, अस्थायी,करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको विश्लेषण छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असन्तुष्ट शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर, शिक्षक महासंघका प्रतिनिधि भने कार्यवाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै शिक्षा मन्त्रालय गएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु अमेरिका भ्रमणमा रहेकाले कार्यबाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने महासंघको अडान छ ।

बिहिबार, ०४ असोज, २०८०, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर