एमालेको लुम्बिनी अधिवेशन : अध्यक्षका दुवै प्रत्याशीले बराबरी मत ५०

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका दुवै प्रत्याशीले बराबरी मत ल्याएका छन ।

१०० मत गन्दा राधाकृष्ण कँडेलले ५० र हरि रिजालले पनि समान ५० मत नै ल्याएका छन् । १ हजार ४ मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

मङ्गलबार, १९ भदौ, २०८०, रातीको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page