काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमवार भारतको सामना गर्दैछ । नेपालिका लागि भारत बलियो प्रतिद्वन्द्वी हो । नेपाल–भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा छन् । दुईमध्ये एक टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।
सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनै पर्छ । भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।
प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।
समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो भने भारत पाकिस्तानसँगै अंक बाँड्न बाध्य भएको थियो ।
पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भएको थियो । भारत र पाकिस्तानबीचको समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बनेको थियो ।
भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरे पनि पहिलो इनिङपछि लगातार वर्षा हुँदा पाकिस्तानले जवाफी ब्याटिङ गर्न पाएन ।