काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।
योसँगै पाकिस्तानले २८ ओभर दुई बलमा चार विकेट गुमाएर १ सय२८ रन जोडेको छ । मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमाफाकर जमानलाई पेभिलियन पठाएका हुन् । त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो । ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।