काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, तेस्रो विकेट लिएको छ । नेपालकालागि सन्दीप लामिछाने गरेको बलिङमा दीपेन्द्र सिंह ऐरीले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई रन आउट गरेका छन् ।
योसँगै पाकिस्तानले २३ ओभर चार बलमा ३ विकेट गुमाएर १ सय ११ रन जोडेको छ ।
मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमाफाकर जमानलाई पेभिलियन पठाएका हुन् ।
त्यस्तै अर्को विकेट पनि नेपालले रन आउट मार्फत लिएको हो ।ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।