विराटनगर । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आजको खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न चाहन्छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

खेल सुरु भएसँगै विराटनगरको सेन्टर मलनजिक क्रिकेटप्रति क्रेज देखिएको छ ।

जिल्ला क्रिकेट संघ मोरङले प्रोजेक्टर वाट खेल देखाएपछि यहाँ नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

गर्मीको कुनै परवाह नगरी उनीहरूले खेल हेरिरहेका छन् ।