मुख्यमन्त्री थापालाई मन्सुरीसहित ४७ को समर्थन, विश्वासको मत प्राप्त भएको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापा मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित गरी ४७ सांसदले समर्थन गरेका छन् । सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् ।

सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । योसँगै सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।

सोमबार, ०४ भदौ, २०८०, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर