कोशी प्रदेश : पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने, ‘उपसभामुखको भूमिका शंकास्दपद देखियो’

विराटनगर । कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्वाचित उपसभामुख सिर्जना दनुवारले शंकास्पद र विवादास्पद भूमिका खेलेको आशङ्का गरेका छन् ।

मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले उपसभामुखले शङ्कास्पद भूमिका खेलेको बताएका हुन् । मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले पहिलो पटक गर्नु सामान्य नभएको बताउँदै उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा के उद्देश्य थियो भन्ने प्रश्न गरे ।

उपसभामुखले सभाध्यक्ष गर्न नसकेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्नुपर्नेमा कार्यालय समय समय सकिँदा पनि अघिल्लो दिन ९ जनाले विदाको चिठी लेखेको उनले बताए । यो विदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको बताए ।

सरकार बनाउने कुरा बलजफ्ती र जालसाजी नभएको बताउँदै उनले यो सांसदको संख्याले निर्धारण गर्ने कुरा भएको उनले बताए । आज पनि उद्धब थापाको पक्षमा ४७ सांसद रहेको दाबी गर्दै उनले यो प्रदेशको सरकार बन्ने बताए । यसलाई जालसाजी गरेर वा मुद्दा मामिला गरेर हुने कुरै नभएको पनि उनले बताए ।

सोमबार, ०४ भदौ, २०८०, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर