मलद्वारविहीन नौ महिने शिशुको सफल शल्यक्रिया

विराटनगर । जन्मदै मलद्वार नभएका एक शिशुको शफलढंगल शल्यक्रिया गरिएको छ । विराटनगरस्थित पारस अस्पतालका चिकित्सकहरुले शिशुको सफल शल्यक्रिया गरी मलद्वार तयार पारिदिएका हुन् ।

भारतको फारबिसगंजमा मलद्वारविहीन शिशुको जन्मभएपछि तत्काललै चिकित्सकहरुले पेटमा प्वाल पारेर पाइप राखिएको थियो । त्यसको करिव ४५ दिनपछि ठूलो आन्द्रा बाहिर निस्किएको थियो । शिशु ९ महिनाको भएपछि शिशुलाई थप उपचारका लागि विराटनगरको पारस अस्पतालमा उनीहरुले ल्याएका थिए ।

पारस अस्पताल स्थापनापछि सबैभन्दा ठूलो शल्यक्रियाको रुपमा यस घटनालाई लिएको डा. सफेउन रहमनले जानकारी दिए । अस्पतालमा १५ दिन अगाडि ल्याइएर सम्पूर्ण जाँच गरिसकेपछि झण्डै साढें ४ घण्टा लामो शल्यक्रिया गरेर मलद्वार तयार गरिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा ८ जना चिकित्सकको टोली परिचालन गरिएको थियो ।

बच्चाको पेटबाट बाहिर निस्केको आन्द्रालाई भित्र राखेर अहिले सानो आन्द्रामा पाइप जोडिएको छ । भर्खरै शल्यक्रिया गरिएकोले ६ हप्तापछि पाइप निकालेर मलद्वारबाट दिशा गराइने अस्पतालले जनाएको छ ।

कमजोर आर्थिक अवस्थाका परिवार भएका कारण अस्पतालले शल्यक्रियाका लागि ६५ हजार रुपैयाँमा उपचार गरिदिएको हो । अस्पतालले उपचार तथा अन्य जाँचमा विरामी परिवारलाई सहुलियत र सहजीकरण गरिदिएको डा. रहमानले बताए ।

शल्यक्रियापछि शिशुको अवस्था सामान्य रहेकोले बुधबार नै डिस्चार्ज गरिएको छ । शिशु जन्मिएपछि दिशा गर्न गाह्रो भएपछि मात्र मलद्वार नभएको थाहा भएको थियो । लगतै उपचारका लागि भारतको पटनामा लगेको तर राम्रो नभएपछि विराटनगरमा उपचारका लागि आएको शिशुको बुबा मो. इस्तिखातले बताए । उनले सफल उपचारपछि आफू खुसी भएको र थोरै रकममा उपचार गर्न पाएको बताए ।

बिहिबार, ३२ साउन, २०८०, बिहानको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर