विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कटुवाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेस्ट, श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन् ।
विराटनगर टेबल टेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ग्रल्स सिङ्गलतर्फ एभरेस्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । श्री श्री रविशंकर स्कुलकी स्वाती साहले सेन्टमेरिजकी स्वर्णिम बुढाथोकीलाई ११–५, ११–३ र ११–४ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।
त्यस्तै, ब्वाइज सिङ्गलतर्फ बुढानीलकण्ठ स्कुलका रिजन पाण्डेले श्री श्री रवि शंकरका सक्षम बस्नेतलाई ६–११, ११–६, ११–५ र ११–७ स्कोरले पराजित गर्दै फाइनलमा पुगे । लिलिपुट स्कुलका श्री जल प्याकुरेलले सगरमाथाका अभिषेक मुखियालाई ११–८, ११–५, ११–३ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको फाइनल खेल तथा क्याडेट ब्वाइज र ग्रल्सका खेलहरू शुक्रवार हुनेछ । विराटनगरका १६ वटा निजी विद्यालयका १ सय ८० जना खेलाडीहरूले ब्वाइज र ग्रल्स सिङ्गल, क्याडेट ब्वाइज र ग्रल्स तथा जुनियर ब्वाइज र ग्रल्सका इभेन्ट्समा सहभागिता जनाएको क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए ।