धरानमा डेंगुका कारण ८ जनाको मृत्यु

विराटनगर । धरानमा डेंगुका कारण ८ जनाको मृत्यु भएको छ । धरानमा डेंगु प्रकोपका रुपमा फैलिएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।

उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । धरानका ४ वटा वडा डेंगुबाट बढी प्रभावीत बनेका छन । धरानका११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।

संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरेको छन भने बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक पनि सञ्चालन गरिएको छ ।

आइतबार, १४ साउन, २०८०, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर