एसइई रनिङ्ग शिल्डमा सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

विराटनगर । दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समीकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भई सेमिफाइनलको समीकरण पूरा भएको हो ।

विराटनगरमा मङ्गलवार भएको खेलमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्स स्कुल, सहिद स्मृति आवासीय र विराटनगरको सत्यनारायण मावि स्कुल विजयी भई सेमिफाइनलमा पुगेको छ ।

पहिलो खेलमा बराहा राईजिङ स्कुलले युनिक एकेडेमी २–० गोलले पराजित ग¥यो । जितको लागि बराहाका कृष पौडेल र प्रसान राईले १ –१ गोल गरे । म्यान अफ द म्याच बराहा राईजिङका क्रिस पौडेल घोषित भए ।

दोस्रो खेलमा जेभियर्स स्कुल गोलले समता स्कुललाई टाई ब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाई ब्रेकरबाट जेभियर्सको जित भएको हो । म्यान अफ द म्याच समता स्कुलका मनोज खड्का घोषित भए ।

तेस्रो खेलमा सहिद स्मृति आवासीयले थर्ड आइ स्कुललाई टाई ब्रेकरमा ५–३ गोलले निराश बनायो । निर्धातिर समयसम्म २–२ गोलको खेल बराबरी भएपछि जितको छिनोफानो टाई ब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सहिद स्कुलका सुशील राई भए ।

चौथो खेलमा सत्यनारायण माबिले प्रजातन्त्र माविलाई ४ –२ गोलले पराजित गरो । जितको लागि सत्यनारायण माबिका हेमन्त राजवंशीले २ गोल, पृथ्वी राजवंशी र साजित आलमले १–१ गोल गरे ।

प्रजातन्त्र माबिको तर्फबाट धिरज उराव र रोशन सरदारले १–१ गोल फर्काए । म्यान अफ द म्याच प्रजातन्त्र माबिका रोशन सरदार घोषित भए । साउन १२ गते २ बजेबाट सेमिफाइनल खेलहरू हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।

बुधबार, १० साउन, २०८०, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर