पुष्पलालको समृतिमा एकीकृत समाजवादीको तीन दिने कार्यक्रम

पुष्पलालको समृतिमा एकीकृत समाजवादीको तीन दिने कार्यक्रम

 विराटनगर । नेकपा एकीकृत समाजवादीले मोरङले  ४५ औ पुष्पलाल स्मृति दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

पहिलो दिन शनिवार प्रशिक्षण गरेर मनाएको थियो भने आइतबार बिहान विराटनगरको पुष्पलाल चोकमा पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो  भने सोही दिन बेलुका मोरङका सबै पालिकमा दीप प्रज्वलन गरेर मनाइएको एकीकृत समाजवादीका नेता महेश रेग्मीले बताए । सोमवार रक्तदान गरेर मनाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा ट्राफिक चोकमा गरिएको रक्तदानमा २९ पिन्ट रगत संकलन भएको एकीकृत समाजवादीका नेता प्रेम भारतीले बताए ।

स्मृति दिवसकै अवसरमा मोरङका विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित भएका १७ जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्