विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर–१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा दुहबीको थर्ड आइ पब्लिक, विराटनगरको बिराट शिक्षा निकेतन, डन बस्को स्कुल, आदर्श मावि र इटहरीको समतला स्कुल विजयी भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा थर्ड आई पब्लिक स्कुलले बिनायक बोर्डिङ स्कुललाई ९–० गोलले पराजित ग¥यो । जितको लागि आर्यन राई, सुजन नेपालीले समान २–२ गोल गरे भने सुसान्त चौधरी, अमन माझी, श्याम मलिक, रोजेश राना र रुबिन राईले समान १–१ गोल गरे ।
पहिलो खेलको म्यान अफ द म्याच सुसान्त चौधरी घोषित भए । दोस्रो खेलमा बिराट शिक्षा निकेतन स्कुलले ईडेन स्कुललाई टाइब्रेकरमा ६–५ गोलले निराश बनायो । निर्धातिर समयसम्म १–१ गोलको बरावरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । दोस्रो खेलको म्यान अफ द म्याच विराटका एलिस जन कार्की घोषित भए ।
तेस्रो खेलमा डन बस्को स्कुलले प्यारागन एकेडेमी स्कुललाई ११–० गोलको फराकिलो अन्तरले हरायो । जितको लागि डनबस्को तर्फबाट निकुश खतिवडा दोब्बर ह्याट्रिक गर्दै ७ गोल, आशिष कामतले २ गोल, एलियस हास्दा, तनुज राजबंशीले समान १–१ गोल गरे । म्यान अफ दि म्याच ७ गोल गर्ने निकुश खतिवडा घोषित भए ।
चौथो खेलमा आदर्श माबिले जनता माविलाई ४ – २ गोलले पराजित गर्यो । जितको लागि आर्दशका राहुल मलिन, हिमेश पौडेल, नवराज चौधरी र रितेश शाहले समान १–१ गोल गरे ।
जनताको तर्फबाट सबिन माझी र आयुश राजबंसीले गोल फर्काए । म्यान अफ दि म्याच आर्दशका राहुल मलिन घोषित भए ।
बुधबारको अन्तिम पाँचौ खेलमा समता स्कुलले जेम्स ईन्टरनेशन स्कुललाई ५–२ गोलले पराजित ग¥यो । जितको लागि समता स्कुलका मानव ऊराउले ह्याटिर पुरा गरी चार गोल र छिरिङ शेर्पाले १ गोल गरी टिमको जित सुनिश्चत गरे । जेम्सको तर्फबाट समयन भण्डारी र गौरव भट्टराईले गोल फर्काए । खेलको म्यान अफ द म्याच समता स्कुलका छिरिङ शेर्पा घोषित भए ।
सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।