लोड हुँदैछ...

मेनु

खेलकुद पत्रकार समूहमा भण्डारी

खेलकुद पत्रकार समूहमा भण्डारी

विराटनगर । खेलकुद गतिविधिलाई केन्द्रीत गरेर पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र अभाष मिडियाको समन्वयमा मंगलबार भएको भेला तथा खेलकुद पत्रकारिता अभिमुखीकरण कार्यक्रमकाबीच कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन गरिएको हो ।

खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा भएको भेलाले संयोजकमा विनोद भण्डारी, सदस्यहरुमा चिना थापा, सुजता लिम्बू, अनुज सापकोटा, अर्जुन सुवदी, प्रकाश बञ्जरा, भूमिका पाख्रिन, सुसिला पाठक, चुमन बस्नेत, नमिन ढकाल र मनोज दाहाल गरी १२ सदस्यीय समिति गठन गरेको हो ।

कोशी प्रदेशको १४ वटै जिल्लाका पत्रकारलाई समेट्ने गरी दुई महिनामा प्रदेश भेला गरेर संस्था दर्ता प्रक्रिया अगाडि बढाउन सदस्य सचिव वाग्लले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।