लोड हुँदैछ...

मेनु

महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

विराटनगर । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको हो ।

महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ । महिलाहरू घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्म अभ्याससमेत गराइएको थियो ।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।