आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने जनाइएको छ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्