काठमाडौं । नेपाल मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिंगापुर ३१ ओभर ३ बलमा अल आउट हुदैँ ८७ रनमा समेटियो ।
नेपालका क्रितिक कामतले ३ विकेट लिएका थिए ।
बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।