कोशी प्रदेशसभा बैठक सुरु : मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मतको लागि प्रस्ताव पेश गर्दै

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएको छ । प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सो क्रममा मुख्यमन्त्री कार्कीले मन्तव्य राख्ने क्रम जारी छ ।

यसअघि मुख्यमन्त्री कार्कीले अर्थमन्त्रीको हैसियतमा बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् । सो क्रममा संक्षिप्त मन्तव्य दिँदै उनले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उनले बताए । उनले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनु भन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे । कोशी प्रदेश भित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।

मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ । सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने भएका हुन् ।

बिहिबार, १४ असार, २०८०, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर