नेदरल्याण्डसँग हारेसँगै नेपालको क्रिकेट विश्वकप यात्रा अधुरो

विराटनगर । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ ।

जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटको सुपर सिक्समै पुग्न नेपाल पाएन ।

नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपरसिक्समा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो । लो स्कोरिङ खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे ।

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे । त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए ।

टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राखेको थियो । टिमको स्कोर ७ हुँदा नेपालले ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ३९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजेका थिए । त्यसपछि कुनै ब्याट्सम्यानले उल्लेख्य साझेदारी गर्न सकेनन् । भुर्तेलले २७ र सार्कीले २२ रन बनाए ।

ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए । त्यसैगरी सन्दीप लामिछानेले २७ बनाए भने कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३ विकेट लिए भने विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १–१ विकेट लिए ।

शनिबार, ०९ असार, २०८०, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर