जेनिसा र निशानको ‘सकम्बरी माया गरिदेउ’ मा प्रकाश र कुशुमको ठुम्का

काठमाडौं । सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘सकम्बरी माया गरिदेउ’ बोलको गीतले माहोल बनाएको छ ।

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘सकम्बरी माया गरिदेउ’ बोलको गीत हालै सार्वजनिक भएको हो । जीवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्।

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

‘सकम्बरी माया गरिदेउ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

शनिबार, ०९ असार, २०८०, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर