लोड हुँदैछ...

मेनु

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदी बन्दी गुहारे सरोकारवाला

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदी बन्दी गुहारे सरोकारवाला

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरूले उपचारको माग राखेका छन् ।

मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरूले उपचारमा सहजीकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।

मोरङ कारागारका १२ जना कैदी बन्दीहरूले उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग , पत्रकार महासङ्घ मोरङमा पत्र पठाएका छन् ।

‘कारागार व्यवस्थापन विभागका अनुसार कोही कैदी बन्दिहरूँ बिरामी भएमा रोग र बिरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान रहेको छ । तर मोरङ कारागारमा रहेका १२ जना बन्दिहुलाई रकम नदिएकै भरमा जेलर कोइरालाले जान दिएका छैनन्,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।

पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिद्धिकी (अब्दुल खताव) रफुल मियाँ,दीपक दास,बलबहादुर नेपाल,ओम प्रकाश मण्डल,अक्षय मण्डल, सहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिर लगायतले बारम्बार कारागार प्रशासनलाई चिठ्ठी पठाउँदा समेत जेलर कोइरालाले कुनै हस्पिटल जान नदिएको उनीहरूको भनाई छ ।

‘कारागार प्रशासनले उपचारका लागि पत्र दिएता पनि रकम नबुझाए पछि जेलरले हस्ताक्षर गर्दैनन् । उपचार गर्नका लागि जान पटक पटक पत्र पठाएता पनि रकम माग्ने गरेको र नदिए सम्म उपचारमा जान नपाउने गरेका छौँ,’ कैदी बन्दीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

मोरङ कारागारका जेलर कोइरालाले आफूलाई थाहा नभएको र कैदी बन्दीले लगाएको यो सरासर गलत भएको बताए । ‘म कानुन अनुसार चल्ने हो,’ उनले भने, ‘कैदी बन्दी बिरामी भए सरकारी हस्पिटलमा लैजाने हो । त्यहाँ उपचार हुन नसके चिकित्सक सिफारिसमा निजीमा पढाउने हो ।’ कैदीबन्दीको आफूखुसी जुनमा मन लागो त्यही जाने व्यवस्था नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।