ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले औषधि पठायो

विराटनगर । कोशी प्रदेश सरकारले ताप्लेजुङका बाढी पहिरो पीडितका लागि औषधि पठाएको छ । अति आवश्यक पर्ने औषधि नेपाली सेनाको अस्पतालमार्फत हेलिकोप्टरबाट ढुवानी गरी पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको हो ।

केन्द्रका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले तत्काललाई आवश्यक पर्ने ३६ किसिमका औषधि नेपाली सेनामार्फत पठाइएको जानकारी दिएका छन् । जीवन जल, सिटामोल, झाडा पखालामा प्रयोग हुनेलगायत अन्य आवश्यकीय औषधि केन्द्रले सेनालाई उपलब्ध गराएको मण्डलले बताए । उनले भने, “सरकारको सिफारिसमा केन्द्रले विपद् प्रभावित स्थानका लागि मौज्दात औषधि पठाएको हो ।”

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव अर्जुन निरौलाले स्थानीय रुपमा तत्कालकै आवश्यक पर्ने औषधि पठाइएको जानकारी दिएका छन् ।

गत शनिबार अविरल परेको वर्षासँगै आएको बाढी पहिरोका कारण ताप्लेजुङ जिल्ला अधिक प्रभावित छ । बाढी पहिरोमा परी जिल्लामा हालसम्म चार जनाको मृत्यु भएको छ ।

बिहिबार, ०७ असार, २०८०, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर