आयुर्वेद स्वास्थ्यबारे अभिमूखीकरण

विराटनगर । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा एक दिने अभिमुखीकरण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । विराटनगर महानगरपालिका, ग्रामथान गाउँपालिका,कटहरी .,बुढीगंगाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता थियो ।

आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ बारे जानकारी तथा सेवा प्रवाह सम्बन्धी जानकारीहरू, नसर्ने रोग सम्बन्धी जानकारीहरू, आयुर्वेद उपचार विधि तथा पद्वति बारे जानकारी दिइएको कार्यक्रममा डा.केनिन राई तथा डा.मिशान्त ढकालले सहजीकरण गरेका थिए ।

कोशी प्रदेश का स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई सभापति थिए ।

बिहिबार, ११ जेठ, २०८०, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page