प्रधानमन्त्रीसँग प्रश्नोत्तर : आज १५ सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुदै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

बिहिबार, ०४ जेठ, २०८०, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर