विराटनगर । नेपाली एक हजार र पाँच सय रुपैयाँ दरको नक्कली नोटसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १ स्थित आँपगाछीमा लागेको सिरुवा मेलाबाट प्रहरीले ३८ वर्षे महिलालाई पक्राउ गरेको हो । मेलामा सामान किनेर नक्कली नोट दिएपछि पसलेलाई संका लागेर नजिकैको प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले नक्कली नोट कारोबार गरेको ठहर गरेपछि सुनसरीकै गढी गाउँपालिका २ घर की जमिल खातुनलाई मेलास्थलबाट बिहीबार साँझ पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई पक्राउ गरी खानतलासी गर्दा एक हजार दरका छ थान र पाँच सय रुपैयाँ दरको २२ थान नक्कली नोट बरामद गरेको थियो ।
प्रहरीले खातुनलाई हिराशतमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।