लोड हुँदैछ...

मेनु

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

विराटनगर । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो

मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष मंगलवार नै पठाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

रेशम चौधरी लगायतका कैदीबन्दीहरू रिहाइको विषयमा ऐन संशोधन गरेर मात्रै हुने उनले बताइन् । नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरूका बारेमा छलफल भएको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds