लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गिरीले बुधबार मात्र ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनामा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ ।

बुधबार, २७ पुष, २०७९, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page